राष्ट्रपति निर्वाचन पहिला चिनियाँ राजदूतको भेटघाट तीव्र

१ बर्ष अघि

२0७९ फाल्गुन २ मंगलवार

राष्ट्रपति निर्वाचन पहिला चिनियाँ राजदूतको भेटघाट तीव्र

काठमाडौं । राष्ट्रपति निर्वाचन भन्दा पहिला चिनियाँ राजदुतको भेटघाट बढेको छ । आज सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदान प्रदान लगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

भेटको अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्याएको सहयोगको प्रशंसा गरे।

भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे।

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिए। सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्टिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका थिए।