दार्चुला मानसखण्ड धार्मिक महोत्वसको तयारी अन्तिम चरणमा

५ बर्ष अघि

२0७५ कार्तिक ७ बुधबार

दार्चुला मानसखण्ड धार्मिक महोत्वसको तयारी अन्तिम चरणमा

दिपकसिह धामी, कार्तिक ७ दार्चुला । दार्चुला मानसखण्ड धार्मिक महोत्वसको तयारी अन्तिम चरणमा पुगेको छ । महेन्द्र नमुना माध्यमिक विद्यालयले आयोजना गर्न लागेको महोत्वसबाट संकलन भएको रकमबाट महेन्द्र नमुना माध्यमिक विद्यालयको सर्वाङ्गीण विकास तथा शैक्षिक विकासमा खर्च गरिने छ । 
दार्चुला मानसखण्ड धार्मिक महा महोत्सवको तयारी अन्तरगत विद्यालयको प्राङ्गणमा गेट निर्माण, मञ्च व्यवस्थापन, लगायतका भौतिक निर्माणको काम सम्पन्न भएको महोत्वसव मुल आयोजक समिति सचिवालयले जनाएको छ ।  भोली अर्थात कार्तिक ८ गते उद्घाटन गरिने मानसखण्ड महा धार्मिक महोत्वसको लागि  हिरालाल कडेल मुख्य उद्घोषक रहने छन्  । साथै अन्य विभिन्न विधाका टोलीहरु खलंगा आई पुगेका छन् । अहिले सम्म  ४ सय ५० कलशहरुको लागि  रसिद काटिएको छ भने बाँकी इच्छुक व्यक्तिहरुले अझै पनि कलश राख्न सक्ने विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।