जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0७९ माघ २६ बिहीबार

जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् । सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय खाली छन् । मन्त्रीविहिन भएको मन्त्रालय दिएर प्रधानमन्त्री दाहालले नयाँ दल भित्र्याउन सरकारमा लागेका हुन् ।

सरकारबाट रास्वपाको बहिर्गमनसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्यका लागि कुराकानी थाल्नुभएको नेकपा माओवादीका नेताहरुले बताएका छन् ।

रविको सरकार बहिर्गमनसँगै पुराना दलबाट पटकपटक मन्त्री भइसकेका नेताहरुलाई सरकार प्रवेशमा समेत सहजता देखिएको नेताहरु बताउँछन् । राजनीतिमा कान्छो दल मानिएको रास्वपाले उपप्रधानसहित गृहमन्त्री लिएपछि मन्त्री हुन असहज मानेका पुराना नेताहरुलाई लामिछानेको बहिर्गमनले सहज बनाएको एक सांसदले बताए ।

उनले भने– ‘यो मन्त्री परिषद्मा जान पनि रविका कारण केही असहज थियो । उहाँ निस्किएपछि पुराना र अनुभवी नेताहरुलाई समेत सरकारमा जान सहजता देखिएको छ । अब प्रोटोकलको समस्या पर्दैन्, अनुभवी नेताहरुहरु नै मन्त्री हुँदा प्रधानमन्त्रीलाई पनि काम गर्न सजिलो हुन्छ ।