भिरबाट लडेर मृत्यु भएका दुबैजनाको अन्त्यष्टी गरियो 

५ बर्ष अघि

२0७५ कार्तिक ६ मंगलवार

भिरबाट लडेर मृत्यु भएका दुबैजनाको अन्त्यष्टी गरियो 

दृष्टिकोण समाचार दार्चुला कार्तिक ६ 
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नंं. १ मा कार्तिक ५ गते भिरबाट लडेर मृत्यु भएका दुवै जनाका मंगलबार सनाखत गरिएको छ । 
दार्चुला जिल्ला शैल्य शिखर नगरपालिका वडानं. १ बलाचमा कार्तिक ५ गते विहान ६ बजे भिरबाट लडेका  ५४ वर्षका शंङकर खडायत र बैतडि जिल्ला डिलाशैनि गाँउपालि वडानं.६ का गोविन्द राना बादिको आज गोकुलेश्वर अस्पतालमा पोष्टमाटम गरि सव आफन्तका जिम्मा लगाएका छन । 
सोमबार विहान खर बोक्न गएकी स्थानीय महिलालाई लखेटेर गोविन्द बादिले  गाँउसम्म पुगाएको र गाँउनजिकै पुग्ने बेला हातको ढुङगा फलि भागेका गोविन्द बालिलाई लखेटन जादा दवैजनालाई झकडा भएको र भिरमा खसेका दुवैजना मृत अवस्थामा फेला परेको स्थानीय मानमती खडायतले बताउनु भयो । 
बैतडि जिल्ला डिलाशैनि गाँउपालिा वडानं. ६ घर भएका गोविन्द बादिको मानसिक सन्तुलन ठिक नभएको र गाँउबाट कार्तिक ४ गते हराएको बादिका फन्तहरुले बताएका छन ।

शैल्य शिखर १ का स्थानीय मानमती खडायतका अनुसार विहान उठने बेला घरबाहिर दुवै हातमा ढुङगा समातेर महिला लखेटेको देखि भित्र गई बुवालाई बोलाउदा घर भन्दा माथि भागेको र शंकर खडायत गोविन्द बादिलाई लखेटन गएको आधाघण्टा पछि मृत अवस्थामा देखेको बताउनु भयो । 
मृतक दुवैजनाको गोकुलेश्वर अस्पतालमा पोष्टमाटम पनि अन्त्यष्टी गरिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।