प्रेस चौतारी नेपालको २५ औँ दिवस गोकुलेश्वरमा विभिन्न कार्यक्रमका साथ मनाइयो

१ बर्ष अघि

२0७९ माघ २२ आईतवार

प्रेस चौतारी नेपालको २५  औँ दिवस गोकुलेश्वरमा विभिन्न कार्यक्रमका साथ मनाइयो

दार्चुला । प्रेस चौतारी नेपालको २५औँ  स्थापना दिवस दार्चुलामा पनि भव्यताका साथ मनाइएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल दार्चुला शाखाले प्रेस चौतारी दार्चुलाको संस्थापक हुँदै विभिन्न जिम्मेवारी निर्वाह गरेर अहिले स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिलाई सम्मान, जनप्रतिनिधिसंग चौतारी संवाद र वादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । 
प्रेस चौतारीका संस्थापक समेत रहनुभएका मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी र प्रेस चौतारीमा आवद्ध हुँदै मार्मा गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा निर्वाचित सन्तोषसिंह कोट्टारीलाई सम्मान गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा चौतारी संवाद औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा पिछडिएको वादी समुदायका आठ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । गोकुलेश्वरमा अद्ययनरत कक्षा ६ देखि १२ सम्मका आठ जना वादी समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी नेपाल दार्चुलाका सचिव रमेशसिंह खत्रीले जानकारी दिनुभयो । 
प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लालबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामी, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य एबं प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह धामी, नेकपा एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडाल लगायतको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रेस चौतारी नेपाल प्रदेश समिति सचिव नरेन्द्रसिंह कार्की, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरउपप्रमुख शान्ति खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य पदमराज जोशी, जिल्ला अध्यक्ष मनोरथ जोशी लगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक समेत रहनुभएका प्रेस चौतारी नेपालका सदस्य एबं पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले जानकारी दिनुभयो ।