दार्चुला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

१ बर्ष अघि

२0७९ माघ १८ बुधबार

दार्चुला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

दार्चुला –दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ४० जना कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ जना रहेका छन् । क्षमताभन्दा  बढी कैदीबन्दी हुँदा  उनीहरूलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए । २५ जना पुरुष र १५ जना महिला कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ६१ जना पुरुष र ३ जना महिला कैदीबन्दी राखिएको उनले बताए ।  कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए । 

यस्तै चोरी डकैती मुद्दाका दुई पुरुष, बहुविवाह मुद्दाका एक महिला र एक पुरुष, बालविवाह मुद्दाका एक पुरुष, चोरी मुद्दाका सात कैदी र एक थुनुवा, वन्यजन्तु ओसारपोसारका तीन कैदी र एक बन्दी तथा लागूऔषध मुद्दाका एक कैदी पुरुष र एक बन्दी पुरुष रहेका प्रमुख पन्तले बताए ।

यसैगरी जबरजस्तीकरणी, बालविवाह मुद्दाका एक पुरुष , बहुविवाह मुद्दाका दुई पुरुष र एक महिला, व्यक्ति बेपत्ता मुद्दाका एक महिला र एक पुरुष र आत्महत्या दुरुत्साहन मुद्दाका एक पुरुष कैदी जेलमा रहेका छन् ।