राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

१ बर्ष अघि

२0७९ माघ १८ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो ।

रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदकको दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डौमा पनि अमेरिकाको नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको मुद्दामा रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिनुभएको भए पनि दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए ।