भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

१ बर्ष अघि

२0७९ माघ १८ बुधबार

भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

काठमाडौं – भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य अतिथि रहेका थिए । भारत र नेपालका स्टार्टअपहरूबीच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागिताबारे चर्चा गरेका छन् । उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा जाम ट्रिनिटी जस्ता डिजिटल सामाग्रीको महत्वबारे पनि चर्चा गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९र०८० ९सन् २०२३० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेका बारे धारणा राखेका छन् ।