महाकाली नगरपालिकाले एक जना असईसहित १३ जना नगर प्रहरी भर्ना गर्दै

१ बर्ष अघि

२0७९ माघ १४ शनिबार

महाकाली नगरपालिकाले एक जना असईसहित १३ जना नगर प्रहरी भर्ना गर्दै

दार्चुला ।  जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिकाले नगरप्रहरी भर्ना आवेदन खोलेको छ । प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान पदमा खुला आवेदनमार्फत नगर प्रहरी भर्ना गरिन लागिएको हो । नगरपालिकाले प्रहरी सहायक निरीक्षक असई खुला १ जना, प्रहरी हवल्दार २ जना, प्रहरी जवान खुला ७ जना र ३ जना महिला गरी जम्मा १३ जनाको दरखास्त आह्वान गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो।

करार सेवा अवधिका लागि भर्ना गरिने नगर प्रहरीका लागि माघ २५ गतेसम्म दरखास्त आह्वान गरिएको उनले बताए । प्रहरी सहायक निरीक्षकका लागि भूपू सैनिक तथा प्रहरीको हवल्दार वा सहायक निरीक्षक पदबाट अवकास प्राप्त व्यक्ति हुनुपर्ने, ४८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै प्रहरी हवल्दार पदका लागि उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने र शैक्षिक योग्यता एसर्ईई वा सो सरह उर्तीण गरेको हुनुपर्नेछ ।  

प्रहरी जवान पदका लागि उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने र शैक्षिक योग्यता कम्तीमा ८ कक्षा पास गरेको हुनुपर्नेछ । प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदका लागि महाकाली नगरपालिकाको स्थायी नागरिक हुनुपर्ने जनाइएको छ । भर्ना प्रक्रियाका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण, शाररीरिक तन्दुरुस्ती परीक्षा, लिखित तथा मौखिक परीक्षा संचालन गरिने नगरपालिकाले जनाएको छ । महाकाली नगरपालिकाले जारी गरेको सूचना हेर्नुहोस ।