अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

१ बर्ष अघि

२0७९ माघ १४ शनिबार

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितिन्

काठमाडौ ।  अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । मेलबर्नमा आज भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । २४ वर्षकी साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले हराइन् । पुरुषतर्फको उपाधिका लागि भोलि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपासले खेल्नेछन् ।