काठमाण्डौ – नायिका एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् ।
शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ९चौधरी०ले उनलाई पार्टी प्रवेश गराउनु भएको हो । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि यो पार्टीमा आफू आवद्ध हुन पुगेको पनि स्पष्ट पारिन् ।
गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंशा समेत गर्नु भयो ।