दार्चुलामा नेपाल टेलिकमको सेवा अवरुद्ध

१ बर्ष अघि

२0७९ माघ १४ शनिबार

दार्चुलामा नेपाल टेलिकमको सेवा अवरुद्ध

दार्चुला । दार्चुलामा शनिबार आज बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिमकले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका छन् । बिहानैदेखि टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको ग्राहकहरुले बताएका छन् ।


सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा समेत समस्या भएको ग्राहकहरुको भनाइ रहेको छ । आमसेवाग्राही र सञ्चारमाध्यम तथा कार्यालयहरुको सेवा प्रवाह प्रभावित भएको छ ।

बैतडीमा पनि टेलिकमको सेवा अवरुद्ध भएको पत्रकार गोकर्ण दयालले जानकारी दिनुभयो । सेवा अवरुद्ध भएको कारणबारे नेपाल टेलिकमले अहिलेसम्म आधिकारीक जानकारी गराएको छैन् ।