दशैँ सकिएसंगै सदमुकाम खलंगामा चहलपहल बढ्यो

५ बर्ष अघि

२0७५ कार्तिक ६ मंगलवार

दशैँ सकिएसंगै सदमुकाम खलंगामा चहलपहल बढ्यो

सुलोचना महता, ६ कार्तिक दार्चुला । कार्तिक ७ गते कोजागत पुर्णिमासँगै यस बर्षको बडा दशै सकिएको छ । दार्चुला सदमुकाम खलंगामा बस्दै कर्मचारी, व्यापारी, विद्यार्थी लगायतका अन्य मानिसहरु दशैविदामा घर गएका थिए । दशै सकिए लगत्तै काममा फर्कनेहरुको भिडभाड दिनानुदिन बढ्न थालेको छ ।  विजया दशमीको टीका जमरा लगाएसंगै विभिन्न पेसा, व्यवसाय गर्ने देखि लिएर विभिन्न कर्मचारीहरु फर्कन थाले पछि शुन्य रहेको बजारमा चहलपहल बढेको हो । 
दशैँको टीका लगाएसंगै आफ्नो  पेशा, व्यवसायमा फर्केनेहरुको यतिखेर बजारमा लर्को लागेको छ । दार्चुलाका विभिन्न सडकमा चल्ने जिप तथा गाडीहरुमा यात्रुको भिड लाग्ने गरेको छ ।  दार्चुलाबाट बाहिरी जिल्ला जाने र गाउँबाट जिल्ला सदरमुकाम आउने यात्रुहरुको चाप यतिखेर बढेको महाकाली यातायात काउन्टरका लवदेव अवस्थीले जानकारी भयो । 
यसपालीको दशैमा अपराधिक गतिविधि न्युन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चाडपर्वको बेला उच्च सुरक्षा सतर्कता अपनाएको र छिटफुट घटना बाहेक अन्य सुरक्षा स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।