पोखरा एयरपोर्टमा चीनको रणनीतिक स्वार्थ, हम्बनटोटाजस्तै कब्जादेखि सैन्य प्रयोगसम्म खतरा

१ बर्ष अघि

२0७९ माघ १३ शुक्रबार

पोखरा एयरपोर्टमा चीनको रणनीतिक स्वार्थ, हम्बनटोटाजस्तै कब्जादेखि सैन्य प्रयोगसम्म खतरा

काठमाडौं –  हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता र सुरक्षामाथि प्रश्न उठेको छ । यी प्रश्नका बीच चर्को ब्याजदर भएको चिनियाँ ऋणमा बनेको विमानस्थलको सञ्चालन आर्थिक रूपमा नेपालले धान्न नसक्ने चिन्ता व्यक्त भइरहेको छ । कम इन्धन र यात्रु बोकेका साना विमान मात्रै राख्न सक्ने क्षमताका कारण व्यावसायिक व्ययभार नै शंकाको घेरामा परेको छ । यो परियोजना सेतो हात्ती बन्न सक्ने आंकलन गरिएको छ । बेइजिङले बनाएको श्रीलंकाको हम्बनटोटा बन्दरगाहजस्तै पोखरामा पनि  चीनको रणनीतिक स्वार्थ लुकेको छ । श्रीलंकाले हम्बनटोटा बन्दरगाहको ऋण तिर्न नसकेपछि चीनले कब्जा गरेको थियो ।

१ माघमा यति एयरलाइन्सको विमान दुर्घटना भएको विमानस्थलमा इन्धन र यात्रुको प्रतिबन्ध र रात्रि अवतरण सुविधा सञ्चालन हुन नसकेकोले ए३२० र बी७३७ जस्ता मध्यम आकारका न्यारो बडीका विमान सञ्चालनमा आउन सकेको छैन । विमानस्थलको व्यवहार्यताले नेपालमा प्रश्न खडा गरेको छ । चीनले विमानस्थललाई बीआरआई परियोजनाको सूचीमा राखेपछि नेपाली प्रशासनका केही वर्गले विरोध गरेका छन् ।

एक्जिम बैंकबाट २१५।९६ मिलियन डलर ऋणमा बनेको विमानस्थलमा चिनियाँ उपस्थितिले बेइजिङलाई भारतविरुद्ध रणनीतिक गहिराइ दिन सक्छ । उत्तर प्रदेशका धेरै स्थानहरू हवाई मार्गबाट पोखरा नजिक छन् । यो गोरखपुरबाट सडकद्वारा तीन सय किलोमिटर भन्दा अलि पर छ जहाँ एक प्रमुख भारतीय वायुसेना बेस छ । एयरपोर्ट गोरखपुरबाट व्यावसायिक उडानबाट २० मिनेट भन्दा कम र लडाकु विमानबाट १० मिनेट भन्दा कम दुरी छ । नयाँदिल्लीदेखि पोखराको सिधा व्यावसायिक उडान एक घण्टाभन्दा कम लाग्ने छ । चीनको पीएलए आर्मी जेट पोखरामा राखियो भने छोटो समयमै भारतको राजधानी पुग्न सक्छ ।

नेपालका नागरिक उड्डयन विज्ञहरूले विमानस्थलले धेरै ट्राफिकहरू आकर्षित गर्न नसक्ने र ठूलो घाटा बेहोर्ने बताउँछन् । चीनको एक्जिम बैंकले आयोजनाका लागि नेपाललाई ऋण दिएको झण्डै पूरै रकम विमानस्थल निर्माणको ठेक्का लिएको चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीको कोषमा गएको छ । यदि नेपालले ऋण तिर्न असफल भयो भने, बेइजिङले काठमाडौंलाई चीनको विशेष प्रयोगको लागि लामो भाडामा पोखरा एयरपोर्ट प्रस्ताव गर्नको लागि हात  मोड्न सक्छ । चीनले पोखरामा चिनियाँ नागरिकका लागि होटल, रिसोर्ट र भ्याकेशन होम निर्माण गर्न नेपाललाई दबाब दिइरहेको बेला विमानस्थलमा पकड जमाउने स्वार्थ लुकेको परराष्ट्र मामिलाका जानकार बताउँछन् । नेपालपाना बाट