भारतद्वारा कोरोना विरूद्धको नाकमा राख्ने औषधि तयार

१ बर्ष अघि

२0७९ माघ १३ शुक्रबार

भारतद्वारा कोरोना विरूद्धको नाकमा राख्ने औषधि तयार

एजेन्सी । भारतले कोरोना भाइरस विरुद्धको नाकमा राख्ने औषधि तयार पारेको छ । भारतको बायोटेकले बनाएको इन्कोभ्याक नामको नाकमा राख्ने औषधिलाई भारत सरकारले मान्यता दिएको हो । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मान्डब्य र विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले बिहिबार उक्त औषधिको औपचारिक रूपमा सुरुवात गर्नुभएको हो

भारतको केन्द्रीय औषधि नियमन तथा मापदण्ड विभागले विस्तृत परीक्षण गरेपछि इनकोभ्याकलाई भारत सरकारले मान्यता दिएको हो । यो औषधि आगामी फेब्रुअरी पहिलो हप्ताबाट बजारमा उपलब्ध हुने भएको छ । औषधि निर्माता कम्पनी भारत बायोटेकले भारत सरकार र राज्य सरकारहरुलाई प्रतिडोज ३ सय २५ भारू रूपैयाँमा उपलब्ध गराउने भएको छ । ईमेज बाट

खुला बजारमा भने यस औषधिको मूल्य प्रतिडोज ८ सय भारू रूपैयाँ पर्ने जनाइएको छ । यो औषधि बिरामीको नाकबाट दिन मिल्छ । यसले कोराना भाइरसको उपचारलाई सहज बनाउने विश्वास समेत गरिएको छ ।