आजदेखि ‘बिजुली बस’ संचालनमा, बस चढेरै सिंहदरबार छिरे प्रधानमन्त्री ओली

५ बर्ष अघि

२0७५ कार्तिक ६ मंगलवार

आजदेखि ‘बिजुली बस’ संचालनमा, बस चढेरै सिंहदरबार छिरे प्रधानमन्त्री ओली

दृष्टीकोण समाचार ,कार्तिक ६  काठमाडौं । साझा यातायातले आजवाट विद्युतीय बस(विजुली बस) संचालनमा ल्याएको छ ।एसियाली विकास वैंकको ऋण सहयोगमा उपलव्ध भएको विद्युतीय बस साझा यातायात र लुम्विनी विकास कोषको सहकार्यवाट सञ्चालनमा आएको हो ।२० वटा सिट क्षमता रहेको बस एक पटक चार्ज गरिएपछि २५० घण्टासम्म चल्ने बस निर्माण गर्ने चिनियाँ कम्पनी विवाईडीले जनाएको छ ।लुम्विनी विमानस्थलको निर्माण कार्य सम्पन्न नभएसम्म राजधानीमा र त्यसपछि विद्युतीय वसलाई लुम्विनी पुर्‍याइने भएको छ ।बसको शुभारम्भ आज एक समारोहवीच प्रधानमन्त्री केपी ओलीले गरेका हुन् ।प्रधानमन्त्री ओली आफैं पुल्चोक स्थित साझा यातायातको कार्यालयबाट सिंहदरवार स्थित आफ्नो कार्यालय विद्युतीय वस चढेर गएका थिए ।यसअघि कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सन २०२० सम्ममा नेपालमा गुड्ने सवारी साधनमध्ये ३० प्रतिशत सवारी साधन विद्युतीय हुने र सन् २०५० सम्ममा पेट्रोल र डिजलवाट संचालनमा आउने सवै सवारी साधनलाई विस्थापित गर्ने लक्ष्य सरकारको रहेको बताए ।घरघरमा ग्यासको पाईप लैजाने आफ्नो योजना सफल नभएकोले यसवाट आफु धेरै आलोचित वन्नुपरेको वताउदै विद्युतीय क्षेत्रमा अपार संभावना रहेको मुलुक नेपालमा सबै घर घरमा विद्युतीय चुलो लैजाने काममा भने सरकारले सफलता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले  विद्युतीय सरकारको विद्युतीय यातायात सम्वन्धी राष्ट्रिय कार्ययोजना संचालन गर्न विद्युतीय बसको संचालन कोशेढुङ्गा सावित हुने बताए ।उनले आगामी ६ महिनाभित्र लुम्विनी विमानस्थलको रनवे निर्माण कार्य सम्पन्न भइसक्ने र १० महिनाभित्र विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसक्ने जानकारी गराए ।मन्त्री मिश्रले वातावरणीय प्रदुषण कम गर्न र पर्यटन क्षेत्रको विकासका लागि वातावरणीय मैत्री सवारी सञ्चालनमा ल्याउनु सरकारको लक्ष रहेको बताए ।