व्याँसका पूर्व वडा सदस्य भट्ट मृत फेला

१ बर्ष अघि

२0७९ माघ १२ बिहीबार

व्याँसका पूर्व वडा सदस्य भट्ट  मृत फेला

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ का पूर्व वडा सदस्य रामदत्त भट्ट मृत फेला परेका छन् । भट्ट दार्चुला तिंकर सडक छेउको नालीमा व्याँस गाउँपालिकाकै वडा नम्बर ४ क्षेत्रमा बिहीबार (आज) मृत फेला परेका हुन् ।

मृतक भट्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइदैछ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो ।