नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा

१ बर्ष अघि

२0७९ माघ ४ बुधबार

नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा

काठमाडौ ।  सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा हिजो भएको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराएर जोकोभिच दोस्रो चरणमा पुगेका हुन् ।

९ पटकको च्याम्पियन जोकोभिचले रोबर्टोलाई ६–३, ६–४ र ६–० ले पराजित गरे । ३५ वर्षीय जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका कारण गएको वर्ष खेल्न पाएका थिएनन् । यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना नै प्रवेश खुला गरेको थियो ।