सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

१ बर्ष अघि

२0७९ माघ ४ बुधबार

सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

काठमाण्डौ – नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको चुनावमा लाग्ने बताएको छ । 

बुधवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सभामुखको लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यो बीचमा अन्य दलहरुसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा।प्रकाशशरण महतले बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरु चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताउनुभयो ।

उहाँले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरुका बारेमा उपस्थित नेताहरुले बैठकमा जानकारी गराएको र अन्य दलहरुसँगको छलफलबाट निस्कर्ष आएपछि काँग्रेसले दलहरुसँग गरेको सहमतिका आधारमा सभामुखको लागि उम्मेदवारी दिने बताउनु भयो । प्रवक्ता महतले काँग्रेस समझदारीबट भए समझदारीकै रुपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आजै सभामुखको उम्मेदवारीको बारेमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने संसद सचिवालयले व्यवस्था गरेको छ । त्यस विषयलाई लिएर हाम्रो छलफल भयो । हिजो सर्वदलीय बैठकमा भाग लिन जानुभएका साथीहरुले त्यहाँ भएका कुराहरु राख्नुभयो । अझै दर्ता समय केही बाँकी छ, यो बीचमा अन्य दलहरुसँग छलफल गर्ने र उम्मेदवारीका बारेमा पनि टुंगो लगाउने र अन्य दलहरुसँगको निस्कर्ष पनि आइसक्छ । त्यसका आधारमा हामीले अन्य दलको सहयोग लिएर उम्मेदवारी दर्ता गर्नेछौँ । व्यक्ति टुंगो लगाउने कुरामा आन्तरिक सहमति भइसकेको छ । अहिले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि यो बीचको समय उपयोग गर्नेछौँ । हामी जसपा, एकीकृत समाजवादीसँग पनि कुरा गर्छौं, प्रधानमन्त्रीको पार्टीसँग पनि छलफल गर्नेछौँ । अन्तिम कुरा पनि बाँकी नै छ । अन्य सहयोगी दलहरुसँग छलफल गर्नेछौँ र त्यसका हिसाबमा हामी उम्मेदवारी दिन्छौँ । समझदारीबाट बढ्दा एक किसिमले र नहुँदा अर्को किसिमबाट अघि बढ्छौँ । भूमिका सुनेर हामी बस्दैनौँ । हामी समझदारीमा निस्कर्ष निस्कियोस् भन्ने पक्षमा छौँ, किनभने यी पदहरु संवैधानिक पद हुन्, संविधानको रक्षा गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्रीले केही समय माग्नुभएको छ । त्यसलाई पनि हामी पर्खिनेछौँ ।’

प्रवक्ता महतले जनता समाजवादी पार्टी, नेपाल र नेकपा ९एकीकृत समाजवादी० कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।