गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि हस्ताक्षर अभियान

१ बर्ष अघि

२0७९ माघ ४ बुधबार

गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि हस्ताक्षर अभियान

कैलाली –सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी कायम गरेको गोदावरीलाई कार्यान्वयन गर्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रदेशको स्थायी राजधानी कार्यान्वयन गर्न भन्दै हस्ताक्षर अभियान थालेको हो । 

अत्तरियामा जारी महोत्सवको मुल गेटमा राजधानी कार्यान्वयनका लागि दबाब दिन सर्वसाधारणको हस्ताक्षर संकलन गर्न थालिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले बताए । 

कैलालीको गोदावरीमा राजधानी घोषणा भएपनि अहिले सम्म कार्यान्वयनमा आउन सकेको छैन् । निर्णय कार्यान्वयनका लागि दबाब दिन महोत्सव अवधिभर हस्ताक्षर संकलन गरिने देवकोटाले बताए । संकलित हस्ताक्षर सरकारलाइ बुझाइने देवकोटाले बताए ।