मन्त्री भण्डारीले पाए उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी

१ बर्ष अघि

२0७९ माघ ३ मंगलवार

मन्त्री भण्डारीले पाए उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी

काठमाडौ । नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पाएका छन् । गएको पुस ११ गते एमालेबाट मन्त्रीमा नियुक्त भएका भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

पछि मन्त्रालय तोकिने गरेर शपथ ग्रहण गरेका भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रीमा नियुक्त भएका छन् । मन्त्री भण्डारीसंग यसअघि अर्थराज्य मन्त्री भएर काम गरेको अनुभव समेत रहेको छ । 

एमाले सुदूरपश्चिमका अध्यक्ष समेत रहेका भण्डारी बैतडीबाट लगातार तेश्रो पटक निर्वाचित भएका हुन् । गएको मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा उनी माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै विजयी भएका हुन् । २०७०, २०७४ र २०७९ गरेर भण्डारी लगातार बैतडीबाट तीन पटक निर्वाचित भइसकेका छन् ।