भिरबाट लडेर २ जनाको मृत्यु

५ बर्ष अघि

२0७५ कार्तिक ५ सोमबार

भिरबाट लडेर २ जनाको मृत्यु

दृष्टीकोण समाचार दार्चुला,कार्तिक ५

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नंं. १ मा पर्ने दुबैशैन भन्ने ठाउँमा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका वडा नंं. १ चोडा भन्ने ठाउँमा बस्ने ५४ वर्षका शंङकर खडायत हुन भने ४६ वर्षका अर्का मृतकको नाम खुल्न नसकेको हाम्रा सहकर्मी राम सिंह धामीले बताउनु भएको छ । आज बिहान ६ बजे नाम खुल्न नसकेको मान्छे दुबै हातमा ढुङगा समातेर गाउँमा आएकाले शङकर खडायतले लखेटन् गएपछि दुबैको भिरबाट खसेर मृत्यु भएको हो । मृत्यु हुने दुबै जना २ सय मिटर अग्लो भिरबाट खसेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।