सुदूरपश्चिम प्रदेश सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

१ बर्ष अघि

२0७९ माघ ३ मंगलवार

सुदूरपश्चिम प्रदेश  सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

धनगडी । सुदूरपश्चिम प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ ।

बिहान भएको मतदानमा भण्डारी २९ मत प्राप्त गरी निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्र बहादुर पालले जानकारी दिनुभयो । भण्डारीको विपक्षमा २३ मत परेको छ । ५३ सदस्यीय प्रदेश सभामा आज ५२ मत खसेको थियो ।

सुदूरपश्चिममा तेस्रो पटकको मतदानमा सभामुख चयन गर्न सफल भएको हो । यसअघि पुष २८ र पुष ३० गते पनि सभामुख पदका लागि मतदान भएको थियो । दुवै पटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा कसैको पनि बहुमत पुगेको थिएन ।