सुदूरपश्चिमको २२ मेगावाट जलविद्युत सपना, डीपीआरमै सीमित

१ बर्ष अघि

२0७९ माघ २ सोमबार

सुदूरपश्चिमको २२ मेगावाट जलविद्युत सपना, डीपीआरमै सीमित

धनगढीः सुदूरपश्चिम प्रदेशमा २२ दशमलव ४३ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवदेन तयार पार्ने काम पुरा भएको छ। 

 

 

६ दशमलव ९७ मेगावाट क्षमताको नौगाड, ७ दशमलव ७५ मेगावटको सुर्नयागाड र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन भएर डीपीआर तयार भएको हो। प्रदेश सरकारले पहिलो पाँच वर्षे कार्यकालमा प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बाहेक कुनै काम गर्न सकेको छैन्।

 

प्रदेश सरकारले ६ दशमलव ९७ मेगावाट क्षमताको नौगाड, ७ दशमलव ७५ मेगावाटको सुर्नयागाड र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन र डीपीआर निर्माणलाई प्रमुख उपलब्धि मानेको छ। तीनओटै आयोजना गरी कुल २२ दशमलव ४३ मेगावाट विद्युत उत्पादनका लागि श्रोत सुनिश्चिततासहित निर्माण प्रक्रिया थालिने मन्त्रालयले बताए पनि पाँच वर्षसम्म थप काम हुन सकेको छैन्। 

 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २२ दशमलव ४३ मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवदेन तयार पारेको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले बताए। तयार पारिएको डीपीआर पनि कागजमा सीमित छ। पूर्व भौतिक पूर्वाधार विकासमन्त्री सोडारीले जलविद्युतमा ठुलो प्रगति गर्न नसकिएको स्वीकारेका हुन्। 

 

प्रदेश सरकारसँग विद्युत उत्पादन गर्ने लगानी छैन्। पाँच वर्षसम्म लगानीको जोहो गर्न सकिएन।’ सुदूरपश्चिममा १८ हजार १४९ मेगावाट जलविद्युत उत्पादन गर्नसक्ने सम्भावना छ। तर उत्पादन ५२ मेगावाट मात्र हुँदै आएको छ।