आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

१ बर्ष अघि

२0७९ माघ २ सोमबार

आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् ।

 आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।