इतिहासको चक्र घुमिरहेको छ… जहाँ भारतको उदय छ: जयशंकर

१ बर्ष अघि

२0७९ पुष २९ शुक्रबार

इतिहासको चक्र घुमिरहेको छ… जहाँ भारतको उदय छ: जयशंकर

भारतीय समाजमा मन्दिरहरूको महत्त्वपूर्ण भूमिकाको वर्णन गर्दै विदेशमन्त्री एस जयशंकरले उदाउँदो भारतमा ‘इतिहासको चक्र घुमिरहेको’ बताए। उनले भारत सम्पदा र संस्कृति धनी मुलुक भएकोले यस कुरालाई बेवास्ता नगरिने पनि बताएका छन्।

 

 

वाराणसी भ्रमणका क्रममा भारतीय समाजमा मन्दिरको भूमिकाबारे सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘इतिहासको पांग्रा घुमिरहेको छ भनेर आज हामीले महसुस गर्नुपर्छ। यो फिर्ता आउँदैछ। भारतको उदय भएको छ। त्यो जमाना, मन्दिरको बेवास्ता भएको थियो, जुन युगले हामीलाई अप्ठ्यारो पारेको थियो त्यो युग हाम्रो पछाडि छ,’ उनले भने।

 

 

जयशंकरले मन्दिरहरू आस्था र पूजा गर्ने ठाउँ मात्र नभएर सामाजिक सामुदायिक केन्द्र भएको बताए। ‘तिनीहरू भेला हुने ठाउँहरू र ज्ञानका केन्द्रहरू हुन्। तिनीहरू कला र शिल्पका प्रवर्द्धक हुन्।’

 

 

उनले अधिकांश मन्दिर भारतीय सम्पदाका रक्षक रहेको बताए। ‘तिनीहरू हाम्रो जीवन शैली हुन्। मन्दिर बिना हामी जो हौं त्यो बन्ने छैनौं।’