देउवालाई अाेलीकाे प्रश्न :  ०५९ मा संसद विघटन तपाईँले गरेको होइन ?

१ बर्ष अघि

२0७९ पुष २६ मंगलवार

देउवालाई अाेलीकाे प्रश्न :  ०५९ मा संसद विघटन तपाईँले गरेको होइन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदमा जुहारी चलेको छ ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए ।

अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए । लगतै सम्बोधन गरेका ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् ।

‘माननीय शेरबहादुर देउवाले ०५९ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?’