पत्रकार खसोग्जीको हत्या गरेको साउदी सरकारद्धारा स्वीकार

५ बर्ष अघि

२0७५ कार्तिक ५ सोमबार

पत्रकार खसोग्जीको हत्या गरेको साउदी सरकारद्धारा स्वीकार

दृष्टीकोण समाचार,  कार्तिक ५  । काठमाडौं । साउदी अरेबियाले पत्रकार जमाल खसोग्जीको हत्या भएको स्वीरका गरेको छ ।त्यसका लागि छाडा एजेन्टहरू जिम्मेवार भएको उसले बताएको छ । साउदी विदेशमन्त्री आदिल अल–जुबैरले त्यो भयङ्कर भूल भएको फक्स न्यूजलाई बताएका छन् ।यद्यपि प्रभावशाली युवराजको निर्देशनमा खसोग्जी हत्या गराइएको आरोप भने उनले अस्वीकार गरे ।पत्रकार खशोग्जीबारेको विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि ठूलो दबाबमा छ ।अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्जी बेपत्ता भएका थिए ।आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए ।टर्कीका अधिकारीहरूको विश्वास छ, वाणिज्य दूतावासभित्रै साउदी एजेन्टहरूले खशोग्जीको हत्या गरेको हुनुपर्छ ।यसअघि साउदी अरेबियाले खशोग्जी वाणिज्य दूतावास भवनबाट त्यो दिन सकुशल बाहिरिएको बताउँदै आएको थियो ।तर शुक्रवार पहिलो पटक उसले वाणिज्य दूतावासका कर्मचारीहरूसँग खशोग्जी बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गर्यो ।आफ्ना पछिल्ला टिप्पणीमा साउदी विदेशमन्त्री अल–जुबैरले घटनालाई हत्याको रूपमा व्याख्या गरेका छन् । उनले सबै तथ्य पत्ता लगाउने र हत्यामा संलग्नहरूलाई सजाय दिने कुरामा आफुहरु दृढ रहेको बताएका छन् ।अल–जुबैरले जसले त्यो काम गर्यो उसले आफ्नो अख्तियार बाहिर गएर त्य गरेको भन्दै त्यो भयङ्कर भूल हो र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेर अझ गल्ती गरिएको स्वीकार गरेका छन् ।खशोग्जीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अलजुबैरले बताए ।