नागरिकलाई घरमै पुगेर सेवा दिदै दार्चुला प्रशासन

१ बर्ष अघि

२0७९ पुष २५ सोमबार

नागरिकलाई घरमै पुगेर सेवा दिदै दार्चुला प्रशासन

दार्चुला। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एकल महिला र मानसिक रुपमा अस्वस्थ नागरिकलाई घर दैलोमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ।

शनिबार मालिकार्जुन गाउँपालिका–३ का ५५ वर्षीय केशव सिंह धामीलाई नागरिकताको प्रमाणपत्र वितरण गरेको हो। मानसिक रुपमा अस्वस्थ रहेका उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो।

यस्तै वडा नम्बर–४ बस्ने ७४ वर्षीया एकल वृद्ध महिला अनिता धामी र मानसिक रुपमा अस्वस्थ रहेका सोही वडाका करबिरसिंह धामीलाई पनि नागरिकता प्रदान गरिएको प्रशासन कार्यालयले जनाएको छ।

मालिकार्जुन गाउँपालिकाको अनुरोधमा शनिवार उनीहरुको घर, ठेगानामा गएर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

घर देलौ सेवा प्रवाह गर्ने क्रममा तेस्रो पटक सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

यस्तै कार्यालयमा आउन नसक्ने सेवाग्राहीलाई घर दैलोमा नै सेवा प्रदान गरिने र त्यसका लागि सरोकारवाला निकायहरुबाट सूचनाको अपेक्षा गरिएको पनि प्रशासनले जनाएको छ।