पाकिस्तानको बलुचिस्तानमा सेना र जनता बिच भिडन्त , चिनको परियोजनाको विरोध

१ बर्ष अघि

२0७९ पुष २५ सोमबार

पाकिस्तानको बलुचिस्तानमा सेना र जनता बिच भिडन्त , चिनको  परियोजनाको विरोध

पाकिस्तान प्रशासित गिलगिट–बाल्टिस्तानमा स्वतन्त्रताको माग गर्दै भएको प्रदर्शनका क्रममा पाकिस्तानी सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको छ । पाकिस्तानी सेनाले गरेको गोलीबारीमा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ । विगत केही वर्षदेखि बलुचिस्तानका जनताले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन् । 

वास्तवमा, पछिल्ला केही दिनदेखि गिलगिट(बाल्टिस्तानका जनताले पाकिस्तान सरकारविरुद्ध मोर्चा खोलेका छन्। पाकिस्तान र उसको सेनाविरुद्ध लगातार प्रदर्शन भइरहेको छ। पाकिस्तान सरकारविरुद्धको विरोध प्रदर्शनले दिनप्रतिदिन खतरनाक रूप लिइरहेको छ। पाकिस्तानी सेना र गिलगिट–बाल्टिस्तानका जनताबीचको बहसको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

ग्वाद बन्दरगाहमा हजारौं मानिसले चीन र पाकिस्तानविरुद्ध नारा लगाएका छन् । अर्कोतर्फ, पाकिस्तानी सुरक्षा बलका जवानहरूले उनीहरूलाई रोक्न खोज्दा आमनेसामने झडप भइरहेको छ।  

पाकिस्तानको बलुचिस्तान प्रान्त जलिरहेको छ । यहाँ ऋएभ्ऋ परियोजनाको विरोध भइरहेको छ। ग्वादर बन्दरगाहमा हजारौं मानिसले चीन र पाकिस्तानविरुद्ध नारा लगाएका छन् । अर्कोतर्फ, पाकिस्तानी सुरक्षा बलका जवानहरूले उनीहरूलाई रोक्न खोज्दा आमनेसामने झडप भइरहेको छ।