व्याँसमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१ बर्ष अघि

२0७९ पुष २३ शनिबार

व्याँसमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला। दार्चुला जिल्लाको व्याँस गाउँपालिका–५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा दुहुँ गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो । शुक्रबार राति जिल्ला सदमुकाम बाट सुन्सेरा जादै गरेको म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बडालको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।