चिनियाँ भूमीबाट यात्रु तथा विमानको उडान माथि कडाई एवं सिमित गर्दै दक्षिण कोरिया

१ बर्ष अघि

२0७९ पुष २१ बिहीबार

चिनियाँ भूमीबाट यात्रु तथा विमानको उडान माथि कडाई एवं सिमित गर्दै दक्षिण कोरिया

सिउल । चीनमा बढ्दै गएका कोरोना भाइरसको अवस्थालाई मध्यनजर राख्दै दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्ध लगाएको छ ।
कोरोनाबाट विगतमा भएको क्षतिलाई कम गर्नका निमित्त दक्षिणा कोरियाले चिनियाँ भुमिबाट आउने नागरिकहरुलाई सिमित गर्न भिसा प्रतिबन्धको साथै परीक्षण र उडानहरू सीमित लगायतका कदम चालेको हो ।
बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको दक्षिण कोरियाली समाचार एजेन्सीहरुले जनाएका छन् । इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको छ ।
‘अर्को महिना फेव्रुवरी सम्म चीनबाट ९दक्षिण कोरिया० प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनु पर्ने छ,’ प्रधानमन्त्री हान डक–सूले भने ।
हानले थपे, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलिनबाट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदै छ ।’
चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टा भित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टा भित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्नेछ । उनीहरूले आफ्नो आगमनको पहिलो दिन भित्र पीसीआर परीक्षण अनिवार्य रुपमा गर्नु पर्ने बताइएको छ ।