कोरोनाका कारण चिनियाँ नागरिक बदनाम , विभेद गर्न थाल्दा चिनको बिरोध

१ बर्ष अघि

२0७९ पुष २१ बिहीबार

कोरोनाका कारण चिनियाँ नागरिक बदनाम , विभेद गर्न थाल्दा चिनको बिरोध

एजेन्सी –  चीनले कोभिडको बहानामा विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको आरोप लगाएको छ । चिनियाँ पर्यटकको आगमनमा धेरै देशहरूले लगाएको यात्रा प्रतिबन्ध र चिनियाँहरुको अनिवार्य कोरोना परीक्षणको नियम राजनीतिक रूपमा प्रेरित रहेको चीनले ठहर गरेको हो । चिनले उचित समयमा यसको बदाल लिने धम्की समेत दिएको छ । अमेरिका, भारत, बेलायत लगायतका केही देशले चीनबाट आउनेहरूलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने नियम लागू गरेको सन्दर्भमा चिनको यस्तो टिप्पणी आएको हो ।

चिनले कोभिड मापदण्ड खुकुलो पारेपछि बेइजिङ र अन्य शहरमा कोभिड संक्रमण वृद्धि भएको छ । चिनले गत डिसेम्बर २४ मा सार्वजनिक गरेको दैनिक कोभिड केसहरुमा ५ हजार संक्रमित देखाएको छ । तर जानकारहरुले भने चिनमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लाखौं रहेको अनुमान गरेका छन् ।