नागरिक उन्मुक्तिको शर्तः मुख्यमन्त्री पाए मात्र सरकारमा सहभागी

१ बर्ष अघि

२0७९ पुष २0 बुधबार

नागरिक उन्मुक्तिको शर्तः मुख्यमन्त्री पाए मात्र सरकारमा सहभागी

नगढीः नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाएपछि मात्र सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने शर्त अघि सारेको छ।


प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य छन्। उनीहरुमध्येबाटै प्रदेशको सभामुख, उप–सभामुख, मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरु नियुक्त गर्नुपर्ने हुन्छ। प्रदेशमा नेपाली काँग्रेस सबैभन्दा ठुलो दल छ। काँग्रेससँग १९ जना प्रदेश सभा सदस्य छन्। सुदूरपश्चिममा काँग्रेसलाई बहुमतको सरकार गठनका लागि ८ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ। संघीय सरकारबाट बाहिरिएको काँग्रेसलाई नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ जनाले समर्थन गरे प्रदेश सरकार गठनका लागि बहुमत पुग्ने देखिएको हो। काँग्रेसले प्रतिपक्षमा बस्ने बताएका बेला नागरिक उन्मुक्तिले भने छलफल थालेको छ। नागरिक उन्मुक्तिबाट संसदीय दलका नेता रामेश्वर चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सरकारमा जाने बताएका छन्। ‘हाम्रा माग र मुद्दा छन्। हाम्रा माग र मुद्दाको समर्थन जसले गर्छ, त्यसैलाई सर्मथन गर्छौ। प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ। मुख्यमन्त्री जुनले दिन्छ, उसैलाई हाम्रो समर्थन रहन्छ,’ उनले भने।


सुदूरपश्चिममा माओवादीका ११ र एमालेका १० जना प्रदेश सभा सदस्य छन्। राप्रपाका एक र एक स्वतन्त्रको सर्मथन भएपनि उनीहरुसँग २३ जना मात्र प्रदेश सभा सदस्य हुन्छन्। एकीकृत समाजवादीका ४ प्रदेश सभा सदस्यको समर्थन भएपछि यो संख्या २७ पुग्नेछ। तर सभामुख र उपसभामुख छनौटमा समस्या हुने देखिएको छ। माओवादी र एमालेलाई सरकार गठनका लागि पनि नागरिक उन्मुक्तिकै ७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुनेछ। नागरिक उन्मुक्ति र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरुको समर्थनपछि मात्र माओवादी र एमालेको महुमतको प्रदेश सरकार गठन हुने छ। एमालेबाट संसदीय दलका नेता राजेन्द्र सिँह रावलले केन्द्रबाट कुन पार्टीले मुख्यमन्त्री पाउने भन्ने निर्णय आउने बताए। उनले भने, ‘सहमतीको वातावरण बनाउदौ। कोलाई दिनेरु कसरी दिनेरु भन्ने कुरा केन्द्रले नै तय गर्छ।’ प्रदेशमा सभामुख, उप–सभामुख, मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको विषयमा छलफल जारी छ। केन्द्रीय नेतृत्वको निर्णयको प्रखाईमा उनीहरु छन्


। माओवादी केन्द्रको दलको नेता खगराज भट्ट, एमालेको दलको नेता राजेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीको दलको नेता रामेश्वर चौधरीले प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य ओम विक्रम भाट ९सरल०ले माओवादीको प्रदेश इञ्चार्जसमेत रहेका भट्टको मुख्यमन्त्रीका लागि बाटो खुलेको बताए। उनले भने, ‘संसदीय दलको नेता इञ्चार्ज ज्यू हो। उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार हो।


सुदूरपश्चिममा सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यहरुको सर्मथन आवश्यक हुन्छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कुर्सी नागरिक उन्मुक्ति पार्टीको निसानामा छ। प्रदेशमा माओवादी, एमाले, राप्रपाको मात्र महुमत नपुग्ने भएपछि सरकार गठन गर्न नागरिक उन्मुक्ति अनिवार्य जस्तै छ। नागरिक उन्मुक्ति निर्णायक देखिएका बेला उसको निसानामा भने मुख्यमन्त्रीको कुर्सी छ। माओवादी, एमाले र राप्रपासँग मात्र नभएर नागरिक उन्मुक्ति पार्टीले काँग्रेससँग पनि प्रदेश सरकार गठनको विषयमा छलफल थालेको छ।


सुदूरपश्चिममा काँग्रेस, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको समीकरणमा पनि प्रदेश सरकार गठनका लागि बहुमत पुग्ने देखिएको छ।