नेपालका तीन कम्पनी विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा

१ बर्ष अघि

२0७९ पुष १९ मंगलवार

नेपालका तीन कम्पनी विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा

काठमाडौं । विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२२ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको छ। जसमा नेपालबाट तीन कम्पनी क्रिप्टोजेन नेपाल, ग्रिन टिक नेपाल र भैरव टेक्नोलोजी पर्न सफल भएका छन्।


यसअन्तर्गत क्रिप्टोजेन नेपाल शीर्ष २२०औं , ग्रिन टिक नेपाल शीर्ष २३३औं र भैरव टेक्नोलोजी शीर्ष २५०औँ स्थानमा पर्न सफल भएका छन्। एमएसएसपी अर्लटले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको गतिविधि, प्रगति, वार्षिक आम्दानी, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ । सोही मूल्याङ्कनका आधारमा संस्थाले विश्वका उत्कृष्ट २५० कम्पनी छनोट गरेको हो ।