स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

१ बर्ष अघि

२0७९ पुष १९ मंगलवार

स्वतन्त्र सांसद किरणकुमार साह एमालेमा प्रवेश

रौतहट । रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा ९एमाले० मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो।

उहाँ रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।  त्यस अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधि सभामा  सिट सङ्ख्या ७९ पुगेको छ ।