दार्चुला अाउदै गरेकाे बस बैतडिकाे बांगाबगरमा दुर्घटना हुँदा ११ जना घाइते २ जनाकाे अवस्था चिन्ता जनक

५ बर्ष अघि

२0७५ आश्विन ३0 मंगलवार

दार्चुला अाउदै गरेकाे बस बैतडिकाे  बांगाबगरमा दुर्घटना हुँदा ११ जना घाइते २ जनाकाे अवस्था चिन्ता जनक

दृष्टिकाेण समाचार दार्चुला अासाेज ३० गते 

अतरियाबाट दार्चुलाका लागि छुटेको पवनदुत यातायातको  बस बैतडको डिलाशैनी ६ बांगाबगरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने २ जनाकाे अवस्था चिन्ता जनक रहेकाे छ।  

कैलालीकाे अतरियाबाट दार्चुलाकाे गाेकुलेश्वरका लागी छुटेकाे   ना ५ ख ८११७ नं को बस बिहान साढेचार  बजे एक्कासी बांगाबगरमा सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको सिगास गाउँपालिका ९ का ३ बर्षीय हार्दिक चन्द , दार्चुला शैल्यशिखरका २३ वर्षिय गिता ठगुन्ना, ६ बर्षीय युवराज जोशी १४ बर्षीया सुनिता ठगुन्ना र २७ बर्षीय धर्मानन्द जोशी लगायत ११ घाईते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । गम्भीर घाइते हुनेमा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का २३ वर्षीया गीता ठगुन्ना र शैल्यशिखर ४ का १४ वर्षीया सुनिता ठगुन्ना रहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक दीर्घबहादुर बोगटीले जानकारी दिनुभयो । गाडि धनि र चालक भने प्रहरिकाे नियन्त्रणमा रहेका छन ।