नेपालसहितका एशियाली मुलुकहरुमा सक्रियता बढाउँदै चिनियाँ तस्कर

१ बर्ष अघि

२0७९ पुष १९ मंगलवार

नेपालसहितका एशियाली मुलुकहरुमा सक्रियता बढाउँदै चिनियाँ तस्कर

वेईजिङ । गरिब एसियाली मुलुकहरूमा चिनियाँ मानव तस्करहरूको सक्रियता बढ्न थालेको छ। पछिल्ला केही वर्षमा मानव तस्करहरूले चीनबाहिर आफ्नो सञ्‍जाल विस्तार गरेको विभिन्‍न अनुसन्धान रिपोर्टहरूले जनाएका छन्। उनीहरूले गरिब एसियाली राष्ट्रका मानिसहरूलाई बसाइँ सार्ने भन्दै ठगी गरेको पाइएको छ। त्यसमा नेपाल समेत प्रभावित भएको छ ।
रोजगारीको नाममा मानवबेचबिखन र जबरजस्ती विवाह वा वेश्यावृत्ति वा दासत्व र अन्य प्रकारका गैरकानूनी गतिविधिहरूमा संलग्‍न गराउँदै आएका छन् । तस्करी गरिएका मानिसहरूलाई वेश्‍यावृत्ति तथा दास बनाउने लगायतका गैरकानुनी मात्र नभएर शरीरका विभिन्‍न अंगहरू समेत बेचबिखन गरेको पाइएको छ। पछिल्लो घटनाक्रम नेपालबाट आएको हो, जहाँ स्थानीय अधिकारीहरूले दुई चिनियाँ नागरिक पक्राउ गरेका छन्।

पक्राउ परेकाहरुले दिएको बयान अनुसार १० जना नेपालीलाई राम्रो रोजगारी दिने आश्वासन दिइएको थियो। तर, पछि उनीहरुले अवैध काम गर्न बाध्य बनाइएको खुलेको छ। नेपाल मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले भने, ‘उद्धार गरिएका महिला र बालिकाको अनुसन्धानले बेहुलीका रूपमा नेपालबाट चीन लैजाने र युवतीहरुलाई जबरजस्ती वेश्यावृतीमा लगेका छन्।

सन् २०१९ मा पनि नेपाल प्रहरीले नेपाली बालिका बेचबिखनमा संलग्न १० जनालाई पक्राउ गरेको थियो। चीनमा विवाहको बहाना गरेरै लैजाने र वास्तविकतामा उनीहरुलाई घरेलु कामदार र यौनसम्पर्कको साधनको रुपमा प्रयोग गर्ने गरेको छ।

चीनस्थित नेपाली दूतावासले चीनमा बेचबिखन भएका पीडितहरूको पटक पटक नेपालीको उद्धार गरेको छ।’ यद्यपि चिनियाँ नागरिकहरू नेपाली महिलालाई सबै कानुनी प्रक्रिया पूरा गरेर लैजाँदा यी महिला उच्च जोखिममा रहेको महिला र बालबालिकाको बेचबिखन विरुद्धको सञ्‍जालका अध्यक्ष अञ्जना शाक्यले बताइन् । उनले भनिन्, ‘यौन दास वा बेतलबी कामदारको रूपमा प्रयोग भइरहेको छ ।’