मोदीको बधाईपत्रसहित प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता

१ बर्ष अघि

२0७९ पुष १५ शुक्रबार

मोदीको बधाईपत्रसहित प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता

काठमाण्डौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको थियो । भेटमा नेपाल भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो । प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएको भोलिपल्टै श्रीवास्तव भारत जानुभएको थियो । प्रचण्डसँग हिजो अमेरिकी राजदूतले पनि भेटवार्ता गर्नुभएको थियो ।