गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाको सलामी

१ बर्ष अघि

२0७९ पुष १४ बिहीबार

गृहमन्त्री लामिछाने सरकारी निवासमा, पिर्काविनाको सलामी

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएको छ । आज बिहीवार दिउँसो पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चोक सर्नुभएको हो । मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएको छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो । सलामी लिने क्रममा पिर्का र रातो कपडा भने राखिएको थिएन । यसअघि पिर्के सलामीु लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।