स्वर्गीय राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती आज मनाईदै

१ बर्ष अघि

२0७९ पुष १४ बिहीबार

स्वर्गीय राजा वीरेन्द्रको ७८औं जन्मजयन्ती आज मनाईदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको ७८ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईदै छ। इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो।

 
विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जन प्रेमी राजाका रुपमा पनि चिनिन्छ।


तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।