युवा उद्यमसिलता तथा मौरिपालन सम्बन्धि अभिमुखीकरण सम्पन्न

१ बर्ष अघि

२0७९ पुष १४ बिहीबार

युवा उद्यमसिलता तथा मौरिपालन सम्बन्धि अभिमुखीकरण सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा युवा उद्यमसिलता तथा मौरिपालन व्यवसाय प्रबद्र्धन परियोजना सम्बन्धि एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नबप्रबर्धन साझेदारी कोष अन्तर्गत प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७९र८० मा नौगाड गाउपालिकामा सञ्चालन हुने युबा उद्यमसिलता तथा मौरिपालन व्यवसाय प्रबर्द्धन परियोजना सम्बन्धि एक दिने अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नौगाड गाउँपालिकाको सभाहलमा बुधबार आयोजना भएको कार्यक्रममा युवा उद्यमसिलता तथा मौरिपालन व्यवसाय प्रबद्र्धन परियोजना सम्बन्धि अभिमुखीकरण गरिएको कृषि तथा पसुपन्छी बिकास शाखा अधिकृत प्रकाश सिह धामीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजितसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँकार्यपालिकाका सदस्यहरु, सबै वडाका वडा अध्यक्षहरु, सबै शाखाका शाखा प्रमुखहरु, गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु, नौगाड गाउँपालिका भरिका सम्पुर्ण माहुरीपालक किसानहरु र अन्य किसानहरुको सहभागितामा अन्तरक्रिया गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारबाट नबप्रबर्धन साझेदारी कोस अन्तर्गत व्यवसायिक अल्लो प्रसोधन कार्यक्रम र व्यवसायिक माहुरिपालन कार्यक्रम सन्चालन हुने बताइएको छ ।


व्यवसायिक अल्लो प्रसोधन कार्यक्रम अन्तर्गत उच्च प्रबिधियुक्त मेसिन सहित सबै वडामा अल्लो प्रसोधन तथा संकलन केन्द्र हुने कृषि तथा पशुपन्छि विकास अधिकृत प्रकाशसिंह धामीले बताउनुभयो । कृषक समूहमार्फत कार्यक्रम सन्चालन हुने बताइएको छ । यो कार्यक्रममा गाउँपालिका अन्तरगत उद्यम विकास शाखाले सहजीकरण गर्नेछ ।

व्यवसायिक माहुरीपालन अन्तर्गत पालिका भरिका व्यवसायिक किसानहरुलाई माहुरी कार्यक्रममा सहभागी गराइनेछ । १० घार भन्दा बढी माहुरी घार भएका किसानहरुलाई माहुरी सहितका घार, पन्जा, टोपी, क्युन गेट सहित बितरण गरिने धामीले बताउनुभयो । न्युनतम व्यवसायिक ४० जना माहुरी पालक किसानहरुलाई ४०० माहुरी घार बितरण हुनेछन । किसानहरुलाई कृषि तथा पसुपन्छी बिकास शाखा बाट तालिम प्रदान गरिनेछ।

नौगाड गाउपालिकाको कृषि तथा पसुपन्छी बिकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पनि माहुरीका आधुनिक घारहरु बितरण हुनेछन । यसअघि पनि कृषि तथा पसुपन्छी बिकास शाखा बाट मह राख्ने डिब्बा बितरण भैइसकेका छन । कृषि तथा पसुपन्छी बिकास शाखाले माहुरी पालक किसानहरुको तथ्यांक हेर्दा नौगाड गाउँपालिकामा ४०० भन्दा बढी घरधुरीले माहुरी पालन गर्दै आएको उहाँले बताउनुभयो ।