दार्चुलामा तीन किलो आठ सय ग्राम चरेस सहित एक जना पक्राउ

१ बर्ष अघि

२0७९ पुष १३ बुधबार

दार्चुलामा तीन किलो आठ सय ग्राम चरेस सहित एक जना पक्राउ

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेस सहित एक जना पक्राउ परेका छन् । बंगाबगडमा रहेको महादेव किराना पसलबाट तीन किलो आठ सय ग्राम चरेससहित किराना पसलका सञ्चालक विरसिह लोथ्याल पक्राउ परेको प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गोबिन्द भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा महादेव किराना पसलबाट तीन किलो आठ सय ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको हो । चरेस जस्तो पदार्थ बरामद भएसंगै प्रहरीले किराना पसलका संञ्चालक दुहुँ गाउँपालिका–४ पोक्से घर भएका ७३ वर्षीय विर सिह लोथ्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि चरेश जस्तो देखिने लागुऔषध र प्रतिबादी लोथ्याललाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।