नवगठित सरकारलाई चीनको बधाई दिदै भन्यो( ञबिआरआई लगायत ऋण बोकाउन तयार

१ बर्ष अघि

२0७९ पुष १२ मंगलवार

नवगठित सरकारलाई चीनको बधाई दिदै भन्यो( ञबिआरआई लगायत ऋण बोकाउन तयार

काठमाडौँ ।  नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ ९बिआरआई० लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्त्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भनेकी छन् ।

नेपालमा शान्तिपूर्ण र सफल रूपमा निर्वाचन सम्पन्न भएको पनि चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयले केही रणनीतिक विषयको सहकार्यमा निरन्तरता रहने उल्लेख गरेको छ । “नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्दछौँ । बेल्ट एन्ड रोड कोअपरेसनलगायत दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि हाम्रो अपेक्षा रहन्छ”, प्रवक्ता निङले उल्लेख गरेकी छन् ।