अपराधिक कृयाकलाप रोक्न चेकजाँचमा कडाई ।

५ बर्ष अघि

२0७५ आश्विन २७ शनिबार

अपराधिक कृयाकलाप रोक्न चेकजाँचमा कडाई ।

ललित सामन्त असोज २७ । 
चार्डपर्व लक्षित सुरक्षालाई मध्यनजर गदै दार्चुलाका नाकाहरुमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले कडाई गरेको छ । 
सिमा क्षेत्रमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले चेक जाचमा कडाई गरिएको ईलाका प्रहरी इन्चार्ज लक्ष्मण दत्त भट्टले बताउनु भयो । नाकाबाट लागु औषध र विष्फोटक पर्दाथ भित्रिने र चाडपर्वका बेला शान्ती सुरक्षामा चुनौति हुन सक्ने भएकाले  चेकजाचमा कडाई गरिएको ं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो । नेपाल भारत सीमा नाका खुल्ला रहेका कारण जुनसुकै बेला पनि प्रतिबन्धीत बस्तुहरु भित्रीन सक्ने भएकाले त्यसलाई नियन्तण गर्न चेक जाचमा कडाई गरिएको सृुचना अधिकारी बोहोराले जानकारी दिनु भएको छ । त्यस्तै दार्चुलाका अन्य नाकाहरु जस्तै दार्चुलाका जौलजिवी ,दत्तु ,त्रिग्रमघाट, सितापुल ,छोटी भन्सार कार्यालय दार्चुला नाकामा पनि जिल्ला प्रहरी कार्यालय दार्चुलाले चेक जाचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चाडपर्वको मौका छोपेर लागुऔषध र हातहतियार समेत भिञ्याउन सक्ने भएकाले जिल्लाको सबैतिर सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिनु भएको छ ।