प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

१ बर्ष अघि

२0७९ पुष ११ सोमबार

प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज सोमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएको हो । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुग्नुभएको थियो । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छोडेर जानुभएको थियो । 

यही मङ्सिर ४ गते भएको चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो तर सरकारको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएको छ । नयाँ समीकरणमा एमाले–माओवादीसहितका दलहरू छन् ।