बैतडीमा विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवस मनाइयो 

५ बर्ष अघि

२0७५ आश्विन २७ शनिबार

बैतडीमा विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवस मनाइयो 

उमेश धामी, बैतडी असोज २७ गते
 बैतडीमा विपद् जोखिम न्यूनीकरणका लागि लगानी बढाऔं, आर्थिक क्षति घटाऔं’ भन्ने मूल नाराका साथ विपद् न्यूनीकरणका लागि अन्तराष्ट्रिय दिवस सम्पन्न गरिएको छ । अन्तर क्रियामा प्रकोपका घटना र ति घटनाबाट हुने विपद् न्यूनीकरणको लागि सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा रेडक्रस सोसाइटी, रुडेस र साडा बैतडीको सहयोगमा जिल्ला प्रसासन कार्यालयको सभाहलमा अन्तरत्रिलया कार्यक्रम सम्पन्न गरिएको हो । ‘विपदमा परेका व्यक्तिहरुले दुई दुई ठाउँबाट थोरै थोरै राहत पाउनु भन्दा पनि एकद्धार प्रर्णाली वाट एकमुष्ट पाए राहत पाएको महसुस हुने प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन अध्यक्ष चन्द्रप्रसाद गैरेले वताए । विपद् न्यूनीकरणका लागि नेपालमा भएका प्रयास र बैतडी जिल्लामा विपद् न्यूनीकरणको चाल्न सक्ने पहलका बारेमासमेत अन्तरक्रियामा छलफल गरिएको थियो । अन्तकृया कार्यक्रममा वोल्ने सहभागीहरुले भुकम्प, बाढी, पहिरो, चट्यांग, आगलागी, हुरीबतास, असिना, नदीकटान लगायतका प्रकोप रहेकाले विपद् न्यूनीकरणको लागि स्थानीय तहले कार्ययोजना बनाएर अघि बढनुपर्नेे धारणा राखेका थिए ।