नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

१ बर्ष अघि

२0७९ पुष ११ सोमबार

नवनियुक्त प्रधानमन्त्री  प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘यो मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर काम गर्न चाहन्छौं ।’