भिरबाट लडेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

१ बर्ष अघि

२0७९ पुष ११ सोमबार

भिरबाट लडेकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटमा भिरबाट लडेर घाईते महिलाको सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । आईतबार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी जस्मा लुहारको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज रेफर गरिएको हो । गम्भीर घाईते जस्माको टाउँकोमा गहिरो चोट रहेकोले मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन चन्दको विशेष पहलमा सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको मालिकार्जुन गाउँपालिकाका प्रबक्ता समेत रहेका वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो ।