सरकार गठनको समय ५ बजेसम्म, दलका नेताहरु आन्तरिक कसरतमा

१ बर्ष अघि

२0७९ पुष १0 आईतवार

सरकार गठनको समय ५ बजेसम्म, दलका नेताहरु आन्तरिक कसरतमा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते एक साताका लागि निर्धारण गरेर नयाँ सरकार गठनको आव्हान गरेको आज अन्तिम दिन हो । साँझ ५ बजेसम्मको समयसीमाभित्र सहमतिका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु अन्तिम कसरतमा जुटेका छन् ।


राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दावी पेश गर्न आव्हान भएको थियो । सो बमोजिम दलका नेताहरु आन्तरिक छलफल र भेटमा व्यस्त रहे पनि सहमति बन्न सकेको छैन । 


संविधानको धारा ७६ ९१० बमोजिम सरकार गठनका लागि कुनै पनि दलको संसदमा एकल बहुमत नआएपछि उपधारा ९२० बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपतिबाट आव्हान भएको थियो । निर्धारित समय आज ५ बजेभित्र सहमतिका लागि प्रयास जारी रहेको नेकपा ९एकीकृत समाजवादी० पार्टीका महासचिव बेदुराम भुषालले बताए । 

हिजो साँझ बालुवाटारमा भएको सत्तारुढ दलका नेताहरुको बैठकमा सहमति बन्न नसके पनि आआफ्नो दलभित्र आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति बनेकाले आज पार्टीको आन्तरिक छलफल पछि पुनः संयुक्त बैठक बसेर सहमति गर्ने प्रयास हुने उनले बताए । साँझसम्म सहमति हुने पनि उनले विश्वास व्यक्त गरे ।


सहमति नभए समय माग 

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आज ५ बजेसम्मका लागि समय तोकेकि छन् । सो समयभित्र सहमति बन्न नसके दलका नेताहरुले पुनः समय थपको माग गर्न सक्नेछन् । महासचिव भुषालका अनुसार अन्तिम समयसम्म सहमति बनाउने प्रयास हुन्छ, सहमति नबनेमा पुनः समय थपको माग गर्न सकिने बताए । 

संविधानको धारा ७६ उपधारा ९३० ले प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा ९२० बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने व्यवस्था गरेको छ । सो अनुसार नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने व्यवस्था छ ।

यो अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अवस्थामा संसदमा सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्नेछन् । तर प्रधानमन्त्री बनेको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ । उपधारा ९४० मा भनिएको छ, “उपधारा ९२० वा ९३० बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।”

आ–आफ्नै अडान

प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान राखेका छन् । संसदमा ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीको स्वभाविक दावी गरेको छ । उता माओवादी केन्द्रले गठबन्धन सरकार बन्ने अवस्था भएकाले पहिलो पटकको प्रधानमन्त्री आफ्नो दलले पाउनुपर्ने अडान छाडेको छैन । यही अडानका कारण सरकार गठनको विषय पेचिलो बनेको एकीकृत समाजवादीका महासचिव भुषालले बताए ।  

विहानैदेखि सत्तापक्ष दलको बैठक आन्तरिक रुपमा चलिरहेको र केही समयपछि बस्ने संयुुक्त बैठकमा सरकार गठनमा सहमतिको प्रयास हुने उनले बताए । सम्भवतः आजै सरकार गठनको सहमतिसहितको दावी राष्ट्रपतिसमक्ष पेश हुन्छ उनले भने ।  लोकान्तर अनलाईन बाट